शुक्रबार, माघ २, २०८२

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं– पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ।

National life

पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले मछिन्द्रलाई ३–१ गोलले हराएर फाइनल पुगेसँगै मछिन्द्र बाहिरिएको हो।

एपीएफलाई जित दिलाउन प्रदीप लामा, शनिस श्रेष्ठ र नवीन लामाले गोल गरे। खेलको २५ औं मिनेटमा मणि लामाको फ्रि किकमा शनिस श्रेष्ठले हेडरमार्फत गोल गरेका थिए। त्यसपछि खेलको ४० औं मिनेटमै मछिन्द्रले खेलमा बराबरी गरेको थियो। 

नुर्लान दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि मछिन्द्र क्लब १० खेलाडीमा समेटिएको थियो। त्यसपछि दबाबमा आएको मछिन्द्रले अन्तिम समयसम्म प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन।

तर दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो। कप्तान नवीन लामाको पासमा ६८ औं मिनेटमा प्रदीप लामाले गोल गरेर एपीएफलाई पुनः अग्रता दिलाएका थिए। त्यस्तै, खेलको इन्ज्युरी समयमा सुमन लामाले गोल गरेपछि एपीएफले मछिन्द्रविरुद्ध जित निकालेको हो।

Laxmi sunrise bank
kumari

एपीएफ पहिलो पटक २०६४ सालमा फाइनल पुगेको थियो। त्यस्तै, अहिले ऊ दोस्रो पटक फाइनलमा पुगेको हो। तर उसले उपाधि जित्न सकेको छैन। ऊ १४ वर्षपछि फाइनल पुगेको हो।

बुधबारदेखि पोखरा रंगशालामा आहा रारा हेर्न दर्शकलाई पनि मान्यता दिइएको थियो। कोभिडका कारण समर्थकले रंगशालामा उपस्थित भएर प्रतियोगिता हेर्न पाएका थिएनन्।

प्रकाशित: Jan 26, 2022| 16:56 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।