आइतबार, मंसिर ७, २०८२

सुदूरपश्चिमका पाँच जिल्लामा क्यानको नयाँ नेतृत्व

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।  

National life

अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो। नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ। नेपाल क्रिकेट संघ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ।  

नेपाल क्रिकेट संघमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ।  

प्रकाशित: Jan 26, 2022| 14:05 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।