काठमाडौं– नेपालले आउँदो शनिबार र मंगलबार पहिलो पटक मोरिससविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ। ती दुई खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई वटा स्क्वाडको घोषणा गरेका छन्।
उनले बुधबार दुई नेपाली टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको हो।
कतिपय खेलाडी दुवै टिममा समेटिएका छन् भने कति खेलाडी एक खेलका लागि मात्र छनोट भएका छन्। अहिले बन्द प्रशिक्षणमा ३४ खेलाडी रहेका छन्।
स्क्वाड सार्वजनिक गर्दै अलमुताइरीले राम्रो नतिजाको अपेक्षा गर्ने भन्दा पनि खेलाडीलाई एक्सपोजर दिनमा बढी ध्यान दिएको बताएका छन्। ‘म खेलाडीहरूको अन्तर्राष्ट्रिय खेलहरूमा एक्सपोजर होस् भन्ने चाहन्छु। यसले उनीहरूलाई थप अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ। म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ उनले एन्फासँगको कुराकानीमा भने।
‘खेलको समयमा रंगशालामा प्रवेश गर्नका लागि दर्शकहरुले आफ्नो खोप कार्ड साथमा ल्याउनु पर्नेछ। दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे सुरु हुने हुनेछन्,’ एन्फाले सूचनामा लेखेको छ।
यस्तो छ दुई खेलका लागि नेपाली टिमः