शनिबार, असार २०, २०८३

सेनेगल र मोरोक्को अफ्रिका कपको क्वार्टरफाइनलमा

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको मंगलबार राति सम्पन्न खेलमा सेनेगल र मोरोक्कोले जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

काठमाडौं- क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको मंगलबार राति सम्पन्न खेलमा सेनेगल र मोरोक्कोले जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्।

अन्तिम १६ अन्तर्गत मंगलबारको पहिलो खेलमा सेनगेलले १० खेलाडीमा समेटिएको केप भर्डेलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो। ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टतर्फ १६ प्रहार गरेको सेनगेलले दुई गोल गर्‍यो।

सेनेगलका लागि साडियो माने र बाम्बा डियन्जीले गोल गरे। यता खेलको २१औं मिनेटमै केपका प्याट्रिक अन्ड्रडे र ५७औं मिनेटमा वोजिन्हाले रातो कार्डका सजाय पाएपछि केप भर्डे नौ खेलाडीमा समेटिएको थियो।

नौ खेलाडीमा समेटिएको टिमविरुद्ध मानेले ६३ औं मिनेटमा र बाँबाले इन्ज्युरी समयमा गोल गर्दै सेनेगललाई जित दिलाएका हुन्।

मंगलबारको दोस्रो खेलमा भने मोरोक्कोले मलावीलाई २–१ गोलले हराएको छ। मलावीलाई हराउन मोरोक्कोका युसुफ इन निजरी र आर्चिफ हाकिमीले समान १–१ गोल गरेका थिए।

तर खेलको सातौं मिनेटमा गबडिन्हो एहान्गोल गोल गर्दै मलावीलाई अग्रता दिलाएका थिए। तर युसुफले पहिलो हाफको चोटिल समयमा र हाकीमीले दोस्रो हाफको ७० औं मिनेटमा गोल गरेपछि मोरोक्कोले जित निकालेको हो।

खेल अवधिभरि विपक्षीको पोस्टतर्फ २४ प्रहार गरेको मोरोक्कोले ७५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो।

जारी अफ्रिका कप अफ नेसन्समा अन्तिम १६ का अब दुई खेल बाँकी छन्। बुधबार राति हुने पहिलो खेलमा आइभोरी कोस्टले इजिप्टको सामना गर्नेछ। त्यस्तै, दोस्रो खेलमा मालीले इक्वेटोरियल गिनीको सामना गर्नेछ।

यसअघिका खेलहरूमा बुर्किना फासो, ट्युनिसिया, गम्बिया र क्यामरुनले जित निकालिसकेका छन्।

प्रकाशित: Jan 26, 2022| 08:18 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।