आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने

Siddartha premir insuranceSiddartha premir insurance

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने

राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार मतदान हुँदैछ। प्रदेश १ को निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ।
 |  बुधबार, माघ १२, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, माघ १२, २०७८

विराटनगर- राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार मतदान हुँदैछ। प्रदेश १ को निर्वाचनमा मुख्यगरि सत्ता गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। गठबन्धन र एमालेबीच थोरै मत अन्तर रहेकाले मतदाता तानातानमा दुवै पक्ष सक्रिय भएका छन्। 

triton college

गठबन्धन र एमाले दुवै पक्ष आफ्ना मतदाता रोक्ने र अर्को पक्षका मतदाता आफ्नो पक्षमा पार्न लागि परेका छन्। १४ वटै जिल्लाका गठबन्धन र एमालेका मतदाता मंगलबार रातिसम्म  विराटनगर आइपुग्ने नेताहरूले बताएका छन्। 

एमालेले मंगलबार साँझसम्म विराटनगर आइपुगेका स्थानीय तहका प्रमुख-उपप्रमुख, प्रदेश सांसदहरू र राष्ट्रियसभाका सदस्य उम्मेदवारबीच परिचयात्मक कार्यक्रम गरिएको एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले बताए। स्थानीय तहका प्रमुख-उपप्रमुख, प्रदेश सांसद मंगलबार रातिसम्म विराटनगर आइपुग्ने उनले बताए। एमालेले होटेल विगमा आवासको प्रबन्ध गरेको छ। 

सत्ता गठबन्धनका प्रमुख-उपप्रमुख, प्रदेश सांसद पनि विराटनगर आउने क्रम जारी रहेको छ। मंगलबार रातिसम्म उनीहरू आइपुग्ने नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य महेश रेग्मीले बताए। गठबन्धनका प्रमुख-उपप्रमुख, प्रदेश सांसदहरू होटेल स्वागतम र इस्टनस्टारमा रहने नेता रेग्मीले बताए। उनले भने, ‘विराटनगर आइपुग्नु भएकाहरू र उम्मेदवारबीच परिचयात्मक कार्यक्रम गरिसकेका छौं।’

राप्रपासँग गठबन्धनका लागि एमालेले गरेको प्रयास सफल हुन नसकेपछि राप्रपा पनि एक्लै चुनावी मैदानमा छ। 

प्रदेश १ मा तीन सिटका लागि निर्वाचन हुँदैछ। अन्य, महिला र अपाङ्गता वा अल्पसंख्यक गरी तीन सिटका लागि आठ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनका तर्फबाट अन्य समूहमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसंख्यकमा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दिएका छन्। 

Metro Mart
vianet

नेकपा एमालेले अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपाङ्गता वा अल्पसंख्यकमा सोनाम गेल्जेन शेर्पालाई अघि सारेको छ। राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएकी छन्। 

राप्रपासँग गठबन्धनका लागि एमालेले गरेको प्रयास सफल हुन नसकेपछि राप्रपा पनि एक्लै चुनावी मैदानमा छ। उसको अपाङ्गता वा अल्पसंख्यकमा उम्मेदवार नभएकाले एमाले र गठबन्धनले सो पदका लागि मतदान गर्न आग्रह गरेको बताइएको छ। 

प्रदेश १ मा स्थानीय तह र प्रदेश गरी ९ हजार ३१२ मतभार छ। जसमा नेकपा एमालेको ४ हजार ५२४ रहेको छ। उसको स्थानीयतहमा २ हजार ५५६ र प्रदेशमा १ हजार ९६८ मतभार रहेको छ। स्थानीय तहका प्रमुख-उपप्रमुख १४२ र प्रदेशका ४१ सांसद रहेका छन्। 

पाँच दलीय गठबन्धनको मतभार ४ हजार ६६८ रहेको छ। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन्। कांग्रेसको स्थानीय तहमा १ हजार ७२८, प्रदेशमा १ हजार ८ मतभार छ। 

माओवादी केन्द्रको स्थानीय तहमा २८८, प्रदेशमा ७२०, एकीकृत समाजवादीको स्थानीय तहमा १८० र प्रदेशमा ४८०, जनता समाजवादीको स्थानीय तहमा ७२ र प्रदेशमा १४४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशमा ४८ मत छ। उसको स्थानीय तहमा प्रमुख-उपप्रमुख छैन।  

राप्रपाको १२० मतभार रहेको छ। राप्रपाको स्थानीयमा ७२ र प्रदेशमा ४८ मतभार छ।  सत्ता गठबन्धन र एमालेको मतभारको अन्तर १४४ छ। तर, एमाले प्रदेश सांसद गुलेफुन मियाँ सरकारी कागज किर्ते मुद्दामा फरार रहेकाले एमालेको ४८ मतभार घट्ने देखिएको छ। उनी मतदानमा सहभागी नहुँदा एमाले  र गठबन्धनको मत अन्तर १९२ हुन्छ। 

एमालेले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी कसरत गरेको छ। कार्यकाल सकिन लागेका अगमसिंह बान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना एमालेका हुन्। एमाले तीनै सिट आफ्नो पक्षमा पार्ने दाउमा छ। 

राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख-प्रमुख र प्रदेश सांसद मतदाता रहेका छन्। स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ छ। निर्वाचनमा १३५ स्थानीय तहका प्रमुख-उपप्रमुख २७२ र ९२ सांसद गरी ३६४ मतदाता छन्। 

मतदातालाई खोप कार्ड अनिवार्य

कोभिड १९ को बढ्दो संक्रमणका कारण स्वास्थ्य मापदण्ड अनुसार नै मतदाताहरूलाई मतदान स्थलमा प्रवेश दिइने निर्वाचन कार्यालयले तयारी गरेको छ। मतदाताहरूलाई खोप कार्ड अनिवार्य गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताए। उनले भने,‘ खोप कार्ड अनिवार्य गरेका छौं।  खोप कार्ड मोबाइलले खिचेको भए हुन्छ। खोप कार्ड नभएकै कारण मतदानबाट भने वञ्चित गरिने  छैन।’

बुधबार बिहान ९ बजेदेखि सुरु हुने मतदान दुई स्थानमा हुने अधिकारीले बताए। उनका अनुसार प्रदेश निर्वाचन कार्यालयमा स्थानीय तहका प्रमुख-उपप्रमुख र बाली विज्ञान प्रयोगशालामा प्रदेश सांसदका लागि मतदान केन्द्र निर्धारण गरिएको छ। 

कोभिड संक्रमित मतदाता मतदान स्थलमा आएको खण्डमा पहिलो प्राथमिकता उनलाई दिइने अधिकारीले बताए। दिउँसो ३ बजे मतदान सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने उनले बताए। बुधबार राती सम्ममा परिणाम सार्वजनिक गरिने अधिकारीको भनाई छ।

प्रकाशित: Jan 26, 2022| 07:22 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।