शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व ब्याडमिन्टन जुनियरको ७औं स्थानमा उक्लिइन् रशिला महर्जन

विश्व ब्याडमिन्टन जुनियरको ७औं स्थानमा उक्लिइन् रशिला महर्जन

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको सूचीमा उनी सातौँ स्थानमा परेकी हुन्।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको सूचीमा उनी सातौँ स्थानमा परेकी हुन्।

जुनियर महिला एकलतर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्।

नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गरी महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ अझ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडि बढ्न सफलता मिलोस् भनी कामना गरेको छ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरुले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरुको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्ति प्रतिबद्धता व्यक्त गरिएको छ। 

विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उद‍ीयमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए।

प्रकाशित: Jan 25, 2022| 19:54 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।