शनिबार, असार २०, २०८३

मोरिससविरुद्ध खेलको तयारी पूरा, टिकट दर एक हजार र पाँच सय

आउँदो शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र मोरिससको खेलको सम्पूर्ण तयारी सकिएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– आउँदो शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र मोरिससको खेलको सम्पूर्ण तयारी सकिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले मोरिसससँग जनवरी २९ र फेब्रुअरी १ मा हुने दुई मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको हो। ‘मैत्रीपूर्ण खेलका लागि सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलको पालना गर्न रंगशालामा एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइनेछ,’ एन्फाले सूचनामा लेखेको छ।

प्रतियोगिता अब पाँच हजार समर्थकले मात्र हेर्न पाउने भएका छन्। भीआईपी प्यारापिटको लागि टिकटको मूल्य एक हजार तोकिएको छ। त्यस्तै, सामान्य प्यारापिटको लागि भने टिकट दर पाँच समय रहने एन्फाले जनाएको छ।

दुवै खेल दशरथ रंगशालामा दिउँसो ४ः४५ बजे फ्लड लाइटमा हुने आयोजकले बताएको छ। मैत्रीपूर्ण खेलका लागि मरिससको टोली सोमबार नेपाल आइपुगेको छ। नेपालको राष्ट्रिय टोली अहिले मैत्रीपूर्ण खेलका लागि बन्द शिविरमा छ। प्रशिक्षणका लागि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३५ खेलाडीलाई बोलाएका छन्।

पछिल्ला पाँच खेलमा मोरिससले जित निकालेको छैन। उसले चार खेलमा हार बेहोरेको छ भने अन्तिम खेलमा २–२ गोलको बराबरी गरेको छ। उसले २०२० मा स्वाजिल्यान्डसँग बराबरी खेलेको थियो। तर, मोरिससले २०२१ मा अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन। उसले पछिल्लो पटक सन् २०१९ मार्चमा कलुडोनियाँविरुद्ध जित निकालेको थियो।

प्रकाशित: Jan 25, 2022| 17:37 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।