आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँच पटकको च्याम्पियन थ्रिस्टार आहा रारा गोल्डकपबाट बाहिरियो

पाँच पटकको च्याम्पियन थ्रिस्टार आहा रारा गोल्डकपबाट बाहिरियो

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबले पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबले पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

National life

मंगलबार दिउँसो पोखरा रंगशालामा सम्पन्न खेलमा आर्मीले थ्रिस्टारलाई १–० गोलले हराएको हो। आर्मीलाई जित दिलाउने क्रममा राजीव गुरुङले खेलको ७० औं मिनेटमा निकै सानदार गोल गरे। थ्रिस्टारले अट्याकको प्रयास गरिहेको समयमा गोल खोसेर आर्मीले गोल गरेको थियो।

थ्रिस्टारका गोलकिपर गुल्लम वाई पी एनजंगा पेनाल्टी बक्स छोडेर बाहिर आइसकेको समयमा वान भर्सेस वानको अवस्थामा गुरुङले टाढैबाट गरेको प्रहार गोलमा परिवर्तन भएको थियो। यससँगै आर्मीले खेलमा १–० गोलको जित निकालेको हो। यससँगै आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। 

थ्रिस्टार क्लबले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा आयोजना भएको प्रतियोगिताको उपाधि जितेको थियो। आर्मीले भने अहिलेसम्म उपाधि जितेको छैन। यद्यपी ऊ धेरै पटक फाइनलमा भने पुगिसकेको छ। यि दुई टिमले तीन वर्षअघिको फाइनल खेलमा पनि प्रतिस्पर्धा गरेका थिए।

आजको खेलसँगै प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ। अब आर्मीले दोस्रो सेमिफाइनल खेल मनाङ मस्याङ्दी क्लबसँग खेल्नेछ। मनाङ र आर्मीको खेल माघ १३ गते हुनेछ।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपीएफले सहिद स्मारक ए डिभिजन लिगको लिगलिडर मछिन्द्र क्लबसँग भिड्नेछ।

प्रकाशित: Jan 25, 2022| 16:42 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।