काठमाडौं– अष्ट्रेलियामा जारी सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनमा डेनिस सपोचालोभलाई हराउँदै राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार दिउँसो सम्पन्न खेलमा नाडालले सपोभोलोभविरुद्ध पाँचौं सेटमा जित निकालेका हुन्। खेलको सुरुआति दुवै सेटमा जित निकालेका नाडालले तेस्रो र चौथो सेट गुमाएपछि खेल पाँचौं राउन्डसम्म पुगेको थियो।
सुरुआतमा उनले ६–३ र ६–४ को जित निकालेका थिए। त्यसपछि उनले ४–६ र ३–६ ले नै सेट गुमाउन पुगे। अन्तिम सेटमा भने ६–३ को जित निकाल्दै नाडालले सेमिफाइनलको यात्रा गरेका हुन्।
यता महिलातर्फ मंगलबार बिहान सम्पन्न खेलमा बारबोरा क्रचिकोवालाई मेडिसन किजले हराएकी छन्। मेडिसन किजले जित निकालेसँगै उनले पनि समेमिफाइनलमा स्थान बनाएकी छन्।