आइतबार, मंसिर ७, २०८२

अफ्रिका कपको खेलमा भागदौड मच्चिँदा आठजनाको मृत्यु

अफ्रिकाको क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्समा भागदौड मच्चिएपछि आठ फुटबल समर्थकको मृत्यु भएको र धेरै संख्यामा घाइते भएका छन्।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं– अफ्रिकाको क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्समा भागदौड मच्चिएपछि आठ फुटबल समर्थकको मृत्यु भएको र धेरै संख्यामा घाइते भएका छन्।

National life

अफ्रिका अफ अफ नेसन्सको त्यो भागदौडको सामाजिक सञ्जालमा उपलब्ध भिडियोअनुसार फुटबल समर्थकहरु पाउल बिया रंगशालामा प्रवेश पाउनका लागि भागदौड गरिरहेको देखिन्छ। यो रंगशालामा त्यहाँको राजधानी यओन्डेबाट नजिकै रहेको छ।

एएफपी न्यूज एजेन्सीका अनुसार क्यामरुनको स्वास्थ्य मन्त्रलयले मृत्यु हुनेहरुमध्ये एक बालकको पनि निधन भएको छ। अर्को एक रिपोर्टअनुसार धेरै बालबालिकाले होस गुमाएका छन्।

क्यामरुन र कोमोसरबीचको खेल आयोजना गरिएको उक्त रंगशालाको क्षमता ६० हजार रहेको थियो। तर कोभिड महामारीका कारण ८० प्रतिशतमात्र दर्शक राख्न पाइने थियो। त्यहाँको म्याच अफिसियलले ५० हजार समर्थक रंगथशाला बाहिर पुगेको जानएका छन्।

रंगशालामा उपस्थित पत्रकार लियोकार्डी बोन्गबेनले बिबिसीलाई दिएको जानकारी अनुसार त्यहाँ आठ मानिसको मृत्यु भएको हो। उनले मृत आठ मानिसको सूची रहेको जानकारी दिएकी हुन्।

Laxmi sunrise bank
kumari

त्यो घटनाका बाबजुद क्यामरुन र कोमोरको अन्तिम १६ को खेल सम्पन्न भएको छ। जसमा आयोजक क्यामरुनले २–१ गोलको जित निकालेको छ। 

प्रकाशित: Jan 25, 2022| 10:56 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।