बिहीबार, चैत १२, २०८२

नेदरल्यान्ड्स र एमसीसीसँग खेल्‍ने नेपाली टोलीको घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा भएको छ। आईसीसीबाट अमिनुल स्लाम, प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको तीन सदस्यीय छनोट समितिले १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो। 

छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन्।  त्यस्तै, वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन्।

विनोद भण्डारी र प्रदीप ऐरी वैकल्पिक खेलाडिको रुपमा राष्ट्रिय टिममा पुनरागमन गर्दा लोमो समय टिम बाहिर रहेका सुवास खकुरेल भने शिर्ष १५ भित्र पर्न सफल भएका छन् । उनी करिब ३ वर्षदेखि नेपाली टिम बाहिर रहेका थिए। सुवास खकुरेलले राष्ट्रिय टोलीबाट पछिल्लो खेल सन् २०१५ नोभेम्बरमा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीसँगको खेल खेलेका थिए। 

साउन १३ गते इंग्ल्यान्डको लड्र्समा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ। त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक एक दिवसीय सिरिज खेल्दैछ। नेपाली क्रिकेट टिम ३ गते बिहीबार इंग्ल्यान्ड प्रस्थान गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।