काठमाडौं- नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि अफ्रिकन देश मोरिससको राष्ट्रिय फुटबल टिम नेपाल आइपुगेको छ। यही टिमविरुद्ध खेल्नका लागि करिब दुई हप्ताअघि नेपाली राष्ट्रि फुटबल टिमका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमको प्रशिक्षणमा खेलाडी बोलाएका थिए।
त्यसपछि उनले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका खेलाडीलाई मोरिस टिमको बारेमा अध्ययन गर्न होमवर्क पनि दिएका थिए। सायद होमवर्क दिने कार्य नेपालमा नौलो होला। त्यसैले अलुमताइरीको त्यो कदमको केही अलोचना पनि भयो। यद्यपि कतिपय व्यवसायिक खेलाडीले आफैं विपक्षीको टिम अध्ययन गरिहेका कुरा सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।
खैर जे होस्, नेपालले अब पहिलो पटक अफ्रिकन मुलुकसँग खेल्ने भएको छ। दक्षिण एसियाली र विरलै मात्र अन्य देशसँग फुटबल खेल्न मौका पाउने नेपालले अहिले भने अर्को महादेशको टिमसँग खेल्ने भएको हो। यसरी नेपालले एसियाबाहेकका देशसँग फुटबल खेलको गन्ती नै गर्ने हो भने पनि औंलामा गन्न सकिने होलान्।
यो सन्दर्भमा हेर्ने हो भने मोरिससविरुद्ध नेपालको खेल ऐतिहासिक खेल हुनेछ। साथै, नेपालले पहिलो पटक अफ्रिकन मुलकुसँग फुटबल खेल्नेछ। मोरिसस टिम कस्तो छ भन्ने कुरा त नेपालसँग खेलेपछि मात्र थाहा होला। तर उसको विगत हेरेर भने मोरिससको टिमको आँकलन गर्न सकिँदैन।
उसको टिममा धेरै उथलपुथल भएका छन्। एकपटक अफ्रिकन कप अफ नेसन्स खेलिसकेको देश त्यसपछि अफ्रिका मात्र नभएर विश्व फुटबलमै पतनसम्म पुगेको थियो। त्यसैले नेपालसँग खेल्न लागेको अवस्थामा हिन्द महासागरको एक टापूमा रहेको यो टिमको केही चर्चा गर्नु अहिले सान्दर्भिक हुन्छ।
मोरिससको इतिहास
मोरिससले आफ्नो राष्ट्रिय टिम निर्माण गरेर सन् १९४७ मा पहिलो पटक खेलको इतिहास इन्टरनेटमा भेटिन्छ। उसले रियुनियनविरुद्ध पहिलो खेल खेलेको थियो। हिन्द महासागरको त्यो टापु फ्रेन्च विभागको हिस्सासमेत रहेको छ। तर रियुनियलाई फिफाले मान्यता दिइसकेको थिएन।
त्यसको २० वर्षसम्म मोरिससले रियुनियन र माडागस्करसँग मात्र खेल्यो। सायद उसको नजिकका देशहरु भएकाले उसले तिी देशहरुसँग मात्र खेलेको अनुमान गरिन्छ। उतिबेला मोरिससले हिन्द महासागर त्रिदेशीय खेल्ने गरेको थियो।
अर्को टिमलाई पेनाल्टी दिएपछि क्रोधित स्काउट क्लबले फायर ब्रिगेडले निकोलेको १–० गोलको जित स्वीकार गरेन। यसकारण त्यहाँको घरेलु फुटबलमा फिफाले १८ महिनाका लागि प्रतिबन्ध लगाइदियो। अब मोरिससले अन्तर्राष्ट्रिय फुटबल मात्र खेल्न पाउने भयो।
त्यो प्रतियोगिता मोरिससले १० पटक जितेको थियो भने दुई पटक उपविजेता भएको थियो। मोरिससले १९६७ पछि मात्र अन्य देशसँग खेल्न थालेको हो। त्यसपछि उसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका साथै अफ्रिका कप अफ नेसन्सको छनोट पनि खेल्न थालेको हो। यद्यपी सुरुका दिनमा उसले सफलता पाउन सकेन।
ऊ अहिलेसम्म पनि विश्वकपमा छनोट हुन सकेको छैन। तर सन् १९७४ मा भने ऊ अफ्रिका कप अफ नेसन्ससमा छनोट भएको थियो। तर त्यो उसका लागि सम्झनलायक रहेन। फेरि एकपटक मात्र त्यो स्टेजमा पुगेका कारण मोरिससको फुटबल समर्थकले त्यो विर्सने कुरा पनि त भएन।
किनभने मोरिसस समूह चरणबाटै बाहिरएको थियो। त्यतिबेला मोरिससमा फुटबलको क्रेज र खेलको स्तर निकै उकासिँदै गइरहेको थियो। अफ्रिका कप अफ नेसन्सबाट बाहिरिएपछि उसले आफ्नो टिमलाई सम्हाल्दै हिन्द महासागरका टापू देशहरुबीचको एक प्रतियोगिता भने जितेको थियो।
त्यो बिर्सनलायक पल
मोरिससमा फुटबलको क्रेज उच्च थियो। १९ औं शताब्दीको अन्त्यतिर राष्ट्रिय फुटबलमा ठूलो भूकम्प आयो। राष्ट्रिय फुटबल च्याम्पियनसिप निर्णायक खेलमा फायर ब्रिगेड स्पोर्ट्स क्लब (अहिले पाम्पलमोसेस एससी) र स्काउट्स क्लब (पोर्ट लुइस) भिड्दै थिए। त्यहाँ रेफ्रीले फायर ब्रिगेड स्पोट्स क्लबलाई पेनाल्टी दिए। त्यो पेनाल्टीको विरोध भयो। विरोध मात्र भएन मैदानमै दंगा सुरु भयो र दंगा बढ्दै गयो।
अर्को टिमलाई पेनाल्टी दिएपछि क्रोधित स्काउट क्लबले फायर ब्रिगेडले निकोलेको १–० गोलको जित स्वीकार गरेन। यसकारण त्यहाँको घरेलु फुटबलमा फिफाले १८ महिनाका लागि प्रतिबन्ध लगाइदियो। अब मोरिससले अन्तर्राष्ट्रिय फुटबल मात्र खेल्न पाउने भयो।
तर फुटबल विकासको लागि घरेलु प्रतियोगिता नै बन्द भएपछि उसको फुटबल दशौं वर्ष पछि धकेलिएको थियो। त्यो समयलाई नै मोरिससको फुटबल अवनतिको समय सुरु भएको मानिन्छ।
त्यो समयअघि मोरिससले युरोपका राम्रा प्रशिक्षकलाई राष्ट्रिय टिम सम्हाल्ने जिम्मेवारी दिने गर्दथ्यो। त्यसपछि मोरिससकै प्रशिक्षकले राष्ट्रिय टिम सम्हालन थाले। प्रशिक्षक फेरिने गति पनि बढ्न थाल्यो। फलस्वरुप शताब्दीको सुरुमा उसको फिफा वरीयता ह्वात्तै घट्यो। सन् २००० मा उसको फिफा वरीयता ११६ थियो। त्यसपछि ऊ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुग्यो। २०११ मा फिफाले उसलाई १९४ औं वरियतामा मात्र स्थान दिएको थियो। त्यो भनेको वरियताको पुछारबाट नजिकको स्थान हो।
त्यसबीच उसले सन् २००४ को को साफा कपमा दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो। प्रशिक्षक अकवर पटेलको टिमले सन् २००३ मा आईओजी च्याम्पियनसिप जितेको थियो। तर त्यो वरपरका मूख्य खेल भने उसले ठूलो अन्तरले हारिरकेको थियो।
लगतारको हारपछि सन् २०१७ को अफ्रिका कप अफ नेसन्सको छनोटमा भने लेस डोडोसले मोजाम्बिन र रुवान्डविरुद्ध सम्झनलायक जित निकालेको थियो। बाँकी टिमसँग भने हार बेहोर्यो।
अन्य कुरा
मोरिससको फुटबल टिमले रातो र सेतो जर्सी लागाउने गरेको छ। राष्ट्रिय टिमलाई सहयोग पुगोस भन्ने हेतुले त्यहाँका फुटबल समर्थकले फुटबल फ्यान क्लब पनि दर्ता गराएका छन्। जुन त्यहाँको फुटबल संघले सन् २०११ मा मान्यता दिएको थियो।
मोरिससको राष्ट्रिय टिमले आफ्नो घरेलु खेल विशेषत: दुई रंगशालामा खेल्ने गर्दछ। त्यसमध्येको एक हो स्टेडे जर्ज (क्षमता ६ हजार २००) साथै दोस्रो हो स्टेडे अन्जलय (क्षमता १८ हजार)।
अहिले मोरिससका मुख्य प्रशिक्षक बोउलेन मनकोउर छन्। उनी अल्जेरियाका नागरिक हुन्। धेरै तलमाथि भएको मोसिससको टिमको अहिलेको फिफा वरियता १७२ छ। त्यो नेपाली टिमको आसपासकै बरियता हो। नेपाल मोरिससभन्दा तीन स्थानमात्र अघि छ।
इलेवेन भसेर्स इलेवेन(फुटबल स्टाटिस्टिक्स साइट) अनुसार पछिल्ला पाँच खेलमा मोरिससले जित निकालेको छैन। उसले चार खेलमा हार बेहोरेको छ भने अन्तिम खेलमा २–२ गोलको बराबरी गरेको छ। उसले २०२० मा स्वाजिल्यान्डसँग बराबरी खेलेको थियो। तर, मोरिससले २०२१ मा अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन। उसले पछिल्लो पटक सन् २०१९ मार्चमा कलुडोनियाँविरुद्ध जित निकालेको थियो।