आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मछिन्द्रसँग हार बेहोर्दै बाहिरियो डिफेन्डिङ च्याम्पियन संकटा क्लब

मछिन्द्रसँग हार बेहोर्दै बाहिरियो डिफेन्डिङ च्याम्पियन संकटा क्लब

डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं– डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।

National life

सोमबार दिउँसो पोखरा रंगशालामा सम्पन्न खेलमा मछिन्द्रसँग ४–१ ले पराजित हुँदै संकटा क्लब प्रतियोगिताबाट बाहिरिएको हो। मछिन्द्रलाई जित दिलाउन मेसुके ओलुमेउले दुई गोल गरे भने उत्सव राई र अभिषेक गुरुङले समान १–१ गोल गरेका थिए।

खेलमा संकटाका गणेश हमालले एक गोेल फर्काएसँगै मछिन्द्र ४–१ ले विजयी भएको हो। आजको खेलमा जित निकालेसँगै मछिन्द्र क्लब पहिलोपटक आहा राराको सेमिफाइनलमा प्रवेश गर्यो।

उसले अब सेमिफाइनल खेलमा विभागीय टिम एपीएफको सामना गर्नेछ। एपीएफ र मछिन्द्रबीचको खेल माघ १२ गते हुनेछ। त्यस्तै, भोलिको खेलमा थ्रिस्टार क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। यो खेलको विजेताले अर्को सेमिफाइनल खेलमा गोल्डकपको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ।

प्रकाशित: Jan 24, 2022| 16:52 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।