शनिबार, असार २०, २०८३

रिम्समाथि पीएसजीको चार गोल

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।

पीएसजीका लागि सर्जियो रामोसले पनि गोल गरे। रामोससँगै मार्को भेराट्टी र ड्यानिलाले पेरेराले पनि गोल गरेका थिए। भेराट्टीले खेलको ४४औं मिनेटमा गोल गरेपछि पीएसजीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो।

पछि रामोसले ६२औं मिनेटमा गोल गरे भने पेरेराले ७५औं मिनेटमा गोल गरे। त्यसबीच खेलको ६७औं मिनेटमा रिम्सका वाउट फेसले आफ्नै पोस्टमा गोल गरेको कारण पीएसजीले सानदार नतिजाका साथ खेल जितेको हो।

खेल अवधिभर ६९ प्रतिशत समय बलमा नियन्त्रण बनाएको पीएसजीले विपक्षीको पोस्टतर्फ २२ प्रहार गरेको थियो। यो जितसँगै पीएसजीले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको निसको ४२ र तेस्रो स्थानको मार्सेको ४० अंक रहेको छ।

यता पराजित रिम्स भने २४ अंकका साथ १४औं स्थानमा छ। आइतबार रातिकै अर्को खेलमा भने मोन्टेपिलरले मोनाकोलाई ३-२ गोलले हराएको छ।

प्रकाशित: Jan 24, 2022| 08:50 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।