शनिबार, असार २०, २०८३

ला लिगा : बार्सिलोनालाई जितले राहत, रियल हारबाट जोगियो

स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।

बार्सिलोनाका लागि फ्रांकी डी जोङले निर्णायक गोल गरे। खेलको ८८औं मिनेटमा फरान टोरेसले दिएको पासको सुविधालाई उपयोग गर्दै डी जोङले गोल गरेपछि बार्सिलोनाले जित निकालेको हो।

यो जितसँगै बार्सिलोना ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ। उसले २१ खेलबाट ३५ अंक जोडेको छ। यो जितले बार्सिलोनालाई लिगमा भने केही राहत भएको छ, जारी सिजनमै आठ बराबरी र चार हारको सामना गरिसकेको बार्सिलोना निकै नराम्रो हालतमा गुज्रिरहेको छ।

तर, अहिले बार्सिलोना शीर्ष चारभन्दा एक अंकले मात्र पछि छ।

यता लिगलिडर रियल मड्रिड भने एल्चेसँग २-२ गोलको बराबरीमा रोकिएको छ। खेलको ३३ औं मिनेटमै करिम बेञ्जेमाले पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेपछि रियल अग्रता बनाउनबाट चुकेको थियो। बरु ४२ औं मिनेटमा लुकास बाईले गोल गरेर एल्चेलाई अग्रता दिलाएका थिए।

रियलको घरेलु मैदानमा पाहुना टिम एल्चेका पेरे मिल्लाले गोल गरेपछि रियल ७७औं मिनेटमा २-० गोलले पछि परेको थियो। तर, ८२औं मिनेटमा रियलले अर्को पेनाल्टीको अवसर पायो।

यसपटक लुका मोड्रिचले गल्ती गरेनन्। त्यस्तै, खेलको इन्ज्युरी समयमा पनि ग्याब्रियल मिलिटानोले गोल गर्दै रियललाई बराबरीको अवस्थासम्म पुर्‍याएका थिए। यससँगै रियल हारबाट जोगिएको हो। आइतबार रातिको बराबरीसँगै रियलले २२ खेलबाट ५० अंक जोडेको छ।

प्रकाशित: Jan 24, 2022| 08:20 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।