मंगलबार, मंसिर २३, २०८२

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।

National life

लिभरपुलका लागि भर्जिल भान डाइक, अलेक्जेन्डर ओल्जाडे च्याम्बरलिन र फबिन्होले गोल गरे। यता क्रिस्टलका एडुवर्डले दोस्रो हाफमा एक गोल फर्काएका थिए।

आइतबार रातिकै खेलमा उपाधि दाबेदार चेल्सीले पनि जित निकालेको छ। स्ट्याम्फर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले  पाहुना टिम टोटेनहम हट्स्परविरुद्ध २-० गोलको जित निकालेको हो।

चेल्सीको जितमा हाकिमी जियाच र थियागो सिल्वाले गोल रेका थिए। उनीहरूले क्रमश: हुड्सन ओडी र मेसन माउन्टको पासशमा गोल गरेका थिए।

आइतबार रातिको खेलमा आर्सनले भने बर्नलिसँग गोलरहित बराबरीमा रोकिएको छ। त्यस्तै, ब्राइटोन र लेस्टर सिटीले पनि १-१ गोलको बराबरी खलेका छन्।

Laxmi sunrise bank
kumari

आइतबार रातिको खेलपछि ईपीएलको दोस्रो स्थानमा रहेको लिभरपुलले ४८ अंक बनाएको छ भने तेस्रो स्थानमा रहेको चेल्सीको ४७ अंक छ। चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा ठिक १० अंकले पछि रहेको छ।

त्यस्तै, टोटेनहम र आर्सनल समान ३६-३६ अंकका साथ छैटौं र सातौं स्थानमा रहँदा ब्राइटन र लेस्टर क्रमशः नवौं  र १०औं स्थानमा छन्।

प्रकाशित: Jan 24, 2022| 08:10 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।