शनिबार, असार २०, २०८३

पुलिसलाई हराउँदै मनाङ आहा राराको अन्तिम चारमा

पोखरामा जारी २०औं संकरणको आहा रारा गोल्डकपको सर्वाधिक विजेता दुई टिम हुन मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- पोखरामा जारी २०औं संकरणको आहा रारा गोल्डकपको सर्वाधिक विजेता दुई टिम हुन मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब।

पोखरा रंगशालामा आइतबार यी दुई टिमबीचलको खेल थियो। तर छ पटकको विजेता पुलिसलाई हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ।

आइतबार दिउँसो सम्पन्न खेलमा पुलिसले मनाङसँग २-० गोलको हार बेहोरेको हो। योसँगै पुलिसको यो सिजनको यात्रा टुंगिएको छ। यता, मनाङ र पुलिसकै लिगको खेलमा पनि मनाङले जित निकालेको थियो।

पोखरा रंगशालामै भएको त्यो खेलमा पुलिसले ३-० गोलको हार बेहोरेको थियो। आजको खेलमा मनाङलाई जित दिलाउन रुपेश केसी र ओलावाले अफिजले गोल गरे।

खेलको पहिलो हाफमा गोल नभए पनि दोस्रो हाफमा दुई गोल गर्दै मनाङले जित निकालेको हो। अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लबको विजेतासँग खेल्नेछ।

प्रकाशित: Jan 24, 2022| 08:00 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।