शनिबार, असार २०, २०८३

राष्ट्रिय महिला लिग स्थगित

यही माघ १५ गतेबाट आयोजना गरिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- यही माघ १५ गतेबाट आयोजना गरिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ। अखिल नेपाल फुटबल संघले पछिल्लो केन्द्रीय समितिको बैठकबाट प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि कोभिड १९ को महामारीको कारण प्रतियोगिता स्थगित भएको हो।

पछिल्लो वर्ष ७ टिमको सहभागिता रहेको महिला लिगमा यो वर्ष आठ टिमको सहभागिता रहने छ। पछिल्लो वर्ष लिग तालिकाको पुछारमा रहेको चौदण्डीगढी रेलिगेसनमा परेको थियो। लिगका सबै खेलमा हार बेहोरेको चौदण्डीगढी रेलिगेसनमा परेको थियो।

त्यसपछि एन्फाले महिला लिग छनोट आयोजना गरेको थियो। सो छनोटको फाइनलमा पुगेका दुई टिमले अब महिला लिग खेल्ने पाउनेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न छनोट खेलमा ललितपुर र धनगढी फाइनलमा पुगेको थिए।

तर, लिग सुरु हुनुभन्दा एक हप्तापूर्व मात्र एन्फाले अर्को सूचना नआएसम्मका लागि भन्दै लिग स्थगित गरेको हो।

प्रकाशित: Jan 24, 2022| 07:50 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।