आइतबार, साउन ३१, २०८३

पदावधि नथपिएपछि उपरथी कार्कीले लिए बिदा

प्रधानसेनापति प्रभुराम शर्माले कार्कीका पुराना 'ब्याड रेकर्ड' र उजुरीसमेतलाई दृष्टिगत गरी म्याद थपका लागि सिफारिस नगरेपछि त्यसमा चित्त नबुझाएका कार्की बिदामा बसेका हुन्।
 |  आइतबार, माघ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ ९, २०७८

काठमाडौं- पदावधि नथपिएपछि नेपाली सेनाका उपरथी अनन्त कार्की बिदामा बसेका छन्। आफ्नो जिम्मेवारी कार्यालयका सहायक रथी भोला थापालाई हस्तान्तरण गर्दै उनी बिदामा बसेका हुन्। 

'जर्साब बिदामा बस्नुभएको छ। उहाँले सहायक रथीलाई बुझबुझारथ गरी बिदामा बस्नुभएको हो,' सैनिक स्रोतले भनेको छ। 

आफ्नो पदावधि नथपिएको भन्दै उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए। तर अन्ततः प्रधानसेनापति प्रभुराम शर्माले कार्कीका पुराना 'ब्याड रेकर्ड' र उजुरीसमेतलाई दृष्टिगत गरी म्याद थपका लागि सिफारिस नगरेपछि त्यसमा चित्त नबुझाएका कार्की बिदामा बसेका हुन्। 

सैनिक ऐनमा सैनिक अधिकृतहरुको म्याद थप्न गर्ने वा नगर्ने अधिकार सेनापतिलाई छ। सेनपति शर्माले म्याद नथपे पनि यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालमा पदावधि थप गर्ने उपरथीको सूचीमा कार्कीको नाम अटाएका थिए। हालका प्रधानसेनापति शर्माले यसअघि थापाले गरेको निर्णय उल्टाएकोप्रति उपरथी कार्कीले चित्त दुखाएका हुन्। 

सैनिक ऐन अनुसार प्रधानसेनापतिले सिफारिस गरे उपरथीको २ वर्ष पदावधि थप हुनसक्छ। पदावधि थप नभएपछि कार्कीले यही २३ माघमा अवकाश पाउनवाला थिए। 

किन पन्छाइएका थिए उपरथी कार्की? 

प्रधानसेनापति प्रभुराम शर्माले वरीयताक्रममा माथि रहेका उपरथी कार्कीलाई पन्छाएर किन उनीभन्दा जुनियर उपरथीलाई पदावधि थपका लागि सिफारिस गरे त? यो अहिले सर्वत्र उठिरहेको प्रश्न हो।

पदावधि थपमा उनको नाम नपर्नुमा प्रधानमन्त्रीको सचिवालयमा गरेको उजुरीका साथै कार्कीका पुराना ‘ब्याड रेकर्ड’ र उजुरीमार्फत् आएका अनियमितताका आरोपले पनि काम गरेको छ।

उनको ‘ब्याड रेकर्ड’मा सशस्त्र जनयुद्धका बेला कोतघरका सबै बम सिध्याएको आरोप  पनि छ। ‘त्यतिबेला जुम्लाको खलंगामा उनी गुल्मपति हुँदा कतै टाढै डाँडाबाट माओवादीले उनको ब्यारेकमा दुई-तीन राउन्ड फायर गरेको थियो,’ उच्च  सैनिक स्रोत भन्छ, ‘त्यतिबेला लडाईं हुने अवस्था पनि थिएन। तैपनि उनले डराएर युद्धको अन्तिम अवस्थामा मात्रै प्रयोग गरिने ब्यारेकभित्र रहेका 'हाई एक्सक्लुसिभ' बम सबै सिध्याएका थिए। उनले त्यतिबेला गुल्मका ८१ मिलिमिटर मोटार र २ इन्च मोटार सबै सिध्याएका थिए।’

यतिमात्रै होइन, उनीमाथि परेको उजुरीमा शान्ति मिसनका लागि सुडान जाँदा मिसन इलाकाबाटै भागेको आरोप पनि छ। आरोपअनुसार सेनानी दर्जामा रहँदा उपरथी कार्की सुडानमा सैनिक पर्यवेक्षकका रुपमा खटिएका थिए। त्यतिबेला विदेशी पर्यवेक्षकसँग झगडा गरेपछि उनी त्यहाँ बस्न सक्ने अवस्था भएन। त्यसैले मिसन अवधि एक वर्ष नपुग्दै उनी मिसन इलाकाबाट फर्किन बाध्य भएका थिए।  

नम्बर १ पृतनापति हुँदा उपरथी कार्कीले बर्दीमा रहेकै बेला तत्कालीन मुख्यमन्त्री शेरधन राइकै अगाडि ‘सिंगम स्टाइल’मा चुरोट तानेको भन्दै विवादित थिए। मुख्यमन्त्रीकै अगाडि उपरथी कार्कीले जस्तो हर्कत देखाए, त्यो सैन्य अनुशासनविपरीत थियो। 

यीलगायत आर्थिक अनियमिततामा पनि उनको नाम जोडिएको पाइएपछि मुख्यालयले बढुवाका लागि कार्कीको नाम सिफारिस नगरेको स्रोतले उल्लेख गरेको छ। 


प्रकाशित: Jan 23, 2022| 18:39 आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।