काठमाडौं- ला लिगा विजेता बार्सिलोनाले २०१७-१८ को सिजनमा ९ सय १४ मिलियन युरो उठाएको क्लबले जनाएको छ। यसरि नै अघि बढे सन् २०२१ सम्म एक बिलियन युरो उठाउन सक्ने स्पेनिस क्लब बार्साले जनाएको छ।
गत सिजनको ट्रान्सफर विन्डोजमा बार्साले विश्वकै सबैभन्दा बढी रकम उठाएको थियो। बार्साले नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) जाँदा पिएसजी बाट २ सय मिलियन पाउण्ड उठाएको थियो।
त्यस्तै दुई खेलाडी भित्र्याउँदा बार्साले २ सय ३ मिलियन युरो खर्चेको थियो। बोर्सिया डट्मन्डबाट फ्रान्सेली स्टार ओस्माने डेम्बलेलाई अनुबन्धित गर्दा ९६ दशमलब ८ मिलियन युरो खर्च गरेको थियो। ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्होलाई अनुबन्धित गर्दा बार्साले १ सय ६ मिलियन युरो खर्च गरेको थियो।
क्लबले ओपरेटिङ नाफा बराबर ३२ मिलियन कमाएको छ भने १३ मिलिएन शुद्ध नाफा मात्र थियो । बार्सा क्लब बोर्डले अन्तिम रकमको सकरात्मक मुल्याङ्कन गरेको छ।
अब २०२१ मा एक सय मिलियन युरो पुर्याउने योजना रहेको क्लबले बताएको छ। २०१७–१८ मा रियल मड्रिडलाई पराजित गर्दै ला लिगा जिते सँगै कोपा डेल रे पनि जित्यो। तर, च्याम्पियन लिगमा इटालीयन क्लब रोमासँग पराजित हुदै बाहिरियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४