काठमाडौं– ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाका ७ वटा ट्राफिक कार्यालयमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गरेको छ।
यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैसकेको र आजदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गमा विस्तार गरेको हो।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभु पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका थिए।