काठमाडौं-म्यान्चेस्टर युनाइटेडमा स्टाइकर एलेक्स सान्चेज म्यन्चेस्टर युनाइटेडको युएस टुर छुटाउने भएका छन् ।
उनलाई युएसले भिसा नदिए पछि युएस टुर छुटाउने भएका हुन । चेलीका २९ बर्षीय स्टार सान्चेजले स्पेनमा कर छलिको आरोपमा १६ महिनाको जेल सजाए स्वीकारेका थिए ।
अमेरिकी कानुनले कुनै पनि व्यक्तिले गैर कानुनि कार्य गरेमा युएस प्रवेशमा रोक लगाएको छ । तर, उनले आफ्ना वकिलसँग युएस टुरको भिसाकालागि प्रयास गरिहेको बिबिसीले जनाएको छ । यद्यपी यो प्रक्रियाले उनीहरुको आशा भन्दा बढि समय लिइरहेको छ । म्यान्चेस्टरले आफ्नो सुरुवाती खेल शुक्रबार मेक्सिकन साइड क्लबसँग खेल्दै छ ।
रेड डेभिल्सले एसी मिलान, लिभरपुल र रियल मड्रिडसँग वर्षको अन्तराष्ट्रिय च्याम्पियासिपको रुपमा अन्तिम तीन मैत्रिपुर्ण खेल खेल्नेछ । विश्वकप खेल्ने खेलाडी म्यान्चेस्टरले गुमाउ अचम्मको बिषय बनेको छ । सान्चेजले युएसमा हुने पाँच खेलहरु गुमाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४