बिहीबार, चैत १२, २०८२

'विश्वकप फाइनलको पेनाल्टी शतप्रतिशत गलत'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- विश्वकप २०१८ को आइतबार भएको फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले बताएका छन्। 

रेफ्री नेस्टोर पिटानाले पहिला पेनाल्टी दिएका थिएनन्। जब भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) रिभ्यूपछि उनले पेनाल्टी दिएका थिए। त्यो शतप्रतिशत पेनाल्टी थिएन। उनी टाढा थिए। 

'फरवार्डले हेड गरेको बल उनको हातमा आएको हो', उनले भने, 'बलले उनलाई लागेको हो'। उनले बललाई प्रभाव पार्ने गरि हात चलाएका छैनन्। बललार्इ प्रभाव पार्ने मनसाय राखेर गरिएको ह्यान्ड त्यो होइन। 

‘नियम अनुसार जानजान हातले बल छोएको हुनुपर्दछ,’उनले भने, ‘उनको हात नियम अनुसार ठिकमा छैन। त्यसले त्यो पेनाल्टी नियम विपरित छ।’ 

खेलको ३८ औं मिनेटमा ब्लेसी मातुडीको प्रहारलाई क्रोएसियाका इभान पेरिसेचले ह्यान्ड भएको भन्दै फ्रान्सलाई पेनाल्टी दिइएको थियो। जसलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गरेका थिए। उनको यो गोलसँगै फ्रान्सले क्रोएसिया विरुद्ध २-१ को अग्रता बनाएको थियो। 

दोस्रो हाफमा केलियन बाप्पे र पाउल पोग्बाले गोल गरेपछि फ्रान्स ४-२ ले विजयी हुँदै फ्रान्स दास्रो पटक विश्व कप विजेता बनेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।