काठमाडौं- चिकित्सा शिक्षामा देखिएका समस्या समाधान गर्ने विषयमा डा. गोविन्द केसी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलबीच मन्त्रालयमा छलफल भएको छ।
पछिल्लो समय विद्यार्थीसँग मेडिकल कलेजले मनलाग्दी शुल्क असुल्ने गरेको विषयलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
चिकित्सा शिक्षाका विषयमा देखिएका समस्या समाधान गर्न डा. केसीले महत्त्वपूर्ण सुझावहरू दिएको मन्त्री पौडेलले बताए।
शिक्षामन्त्री पौडेलले गृहमन्त्रीलाई मनलाग्दी शुल्क उठाएर फिर्ता नगर्ने कलेजलाई कारबाहीको दायरामा ल्याउन यस अघि नै आग्रह गरिसकेका छन्। बिहीबार यसै विषयमा मन्त्री पौडेलले विद्यार्थी संगठनका पदाधिकारीहरूसँग छलफल गरेका थिए।