शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंकाका कप्‍तान चन्‍डिमललाई दुई टेष्‍ट र चार वनडेमा प्रतिबन्ध

श्रीलंकाका कप्‍तान चन्‍डिमललाई दुई टेष्‍ट र चार वनडेमा प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले श्रीलंकका कप्तान दिनेस चन्डिमल, म्यानेजर आशंका गुरुसिंघे र प्रशिक्षक चन्डिका हथुरुसिंघे माथि चार वनडे र दुई टेष्ट खेलमा प्रतिबन्द लगाएको छ ।
 
उनीहरु तीनै जनालाई गत महिना वेस्ट इन्डिजसँग भएको सेन्ट लुसिया टेष्टमा खेल भावना विपरित खेलेको भन्दै प्रतिबन्द लागाएको हो ।
 
चन्डिमललाई बल टेम्परिङ गरेको आरोप लगाएको विरोधमा टेष्ट खेलको तेस्रो दिनको खेल दुई घण्टा ढिलो शुरु भएको थियो । यिनी तीनवटैको नाममा ६ अंक (डिमेरिट प्वाइन्ट) राखिएको छ । 

आईसीसीले लगाएको प्रतिबन्धमा दक्षिण अफ्रिकासँग हुने घरेलु दुई टेष्ट र पाँच वनडे मध्येबाट चार खेल समावेश छन् । चन्डिमालको क्रिकेट रेकर्डमा १० डिमिरेट अंक रहेको छ । 

यदि २४ महिना भित्र १२ अंक पुगे उनलाई तीन टेष्ट वा ५ वनडे वा टि–२० खेलका लागिथ प्रतिबन्ध लाग्न सक्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।