आइतबार, साउन ३१, २०८३

करेन्ट लागेर मजदुरको ज्यान गयो

मोरङको रतुवामाई नगरपालिका–९ डिपोमा करेन्ट लागेर पुलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

विराटनगर- मोरङको रतुवामाई नगरपालिका–९ डिपोमा करेन्ट लागेर पुलमा काम गर्ने एक मजदुरको ज्यान गएको छ।

करेन्ट लागेर रुकुम पूर्वको घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको बिहीबार बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ। उनी बक्राहा खोलामा निर्माणाधीन झोलुंगे पुलमा कार्यरत कामदार हुन्। 

प्रहरीका अनुसार पानी तान्ने मोटर जडान गरेको कल चलाउने क्रममा विद्युत् सर्ट भएर श्रेष्ठलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको अरनिको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 21, 2022| 09:25 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।