आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाहीको माग

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाहीको माग

पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले बिहीबार मृत्यु भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

श्रमजीवी पत्रकार संघ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका लागि पुर्‍याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरबाही गर्दा मृत्यु भएको भन्दै सो अस्पताललाई कारबाहीको माग गरेको छ। संघले विज्ञप्ति जारी गरी घटनाका दोषीउपर छानविनसहित कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न अनुरोधसमेत गरेको छ।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पुर्‍याइएपछि उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको थियो। २६ वर्षीय स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन्। 

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकमलगायतमा काम गरेका थिए।

त्यसैगरी राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार विश्वकर्माले सहज उपचार नपाउँदा निधन भएको जनाउँदै सो विषयमा तत्काल छानबिन गरी उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेको छ। समाजवादी प्रेस सङ्गठन नेपालले पनि विज्ञप्ति जारी गरी पत्रकार विश्वकर्माको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील पत्रकार र समाजवादी प्रेस सङ्गठनले एक कर्मठ संस्थापक सदस्य गुमाएको जनाएको छ। 

नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश समितिले पनि पत्रकार विश्वकर्माको निधनप्रति दुःख व्यक्त गरेको छ। मृतक विश्वकर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

प्रकाशित: Jan 21, 2022| 09:12 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।