बैतडी- बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो।
चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।
बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको अवस्थामा चौधरी दुर्घटनामा परेका हुन्।