आइतबार, साउन ३१, २०८३

ग्वार्कोमा फ्लाइओभर बनाउन ठेकेदार छनोट

ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणका ठेकेदार छनोट गरिएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

ललितपुर- ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणका ठेकेदार छनोट गरिएको छ। गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार फ्लाइओभर निर्माणको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ। 

विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौं उपत्यकाका चोकमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति अनुरुप ग्वार्कोमा फ्लाइओभर निर्माण गरिने बताएका छन्। सोहीअनुरूप फ्लाइओभर निर्माणका लागि एम/एस आशिष समानान्तर रेलिगर जेभीलाई छनोट गरिएको हो।

फ्लाइओभर निर्माणका लागि नौ कम्पतिले प्रस्ताव हाल्नका थिए। ती मध्ये १७ करोड रुपियाँमा एम/एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो। प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो। ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए। 

१५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ। फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ।

यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा निर्माण गरिन लागेको हो। यसका लागि चार महिना छुट्याइएको छ।

प्रकाशित: Jan 21, 2022| 08:25 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।