आइतबार, साउन ३१, २०८३

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

चितवन-  सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ कालिखोला टोपोखोला पुल नजिक सुख्खा पहिरो खसेपछि यातायातसमेत अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको जनाएको छ। पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने प्रहरीको भनाइ छ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको बताएका छन्। उनले पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएका छन्।

ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएकाले बैंकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ। पहिरो पन्छाएर सवारी सुचारु गर्न मध्यान्हसम्म लाग्ने इन्जिनियर खनालले बताए।

प्रकाशित: Jan 21, 2022| 07:50 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।