आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती र प्रदेश १ का केही स्थानमा वर्षा तथा हिमपात जारी

बागमती र प्रदेश १ का केही स्थानमा वर्षा तथा हिमपात जारी

आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ ।

यसका साथै देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही तराईका भूभागमा आंशिक बदली रहनेछ। 

देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भूभागमा सामान्यतया सफादेखी आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Jan 21, 2022| 07:30 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।