आइतबार, साउन ३१, २०८३

चाँगुनारायण जंगलमा चरा गणना सुरु

धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

भक्तपुर- धेरै प्रजातिको चरा पाइने कथन रहँदै आएको चाँगुनारायण नगरपालिकाको जङ्गल क्षेत्रमा गणना सुरु गरिएको छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कमलराज गोसाइँसहितको टोलीले वडा नम्बर ६ र ७ को सिमाना क्षेत्रमा रहेको मुहानपोखरी आसपास क्षेत्रमा रहेका चराको गणना सुरु गरेको हो।

त्रिवि केन्द्रीय वातावरण विज्ञान विभागलगायत विभिन्न कलेजका स्नाकोत्तर तह र विद्यावारिधि अध्ययनरत विद्यार्थी एवं पक्षी संरक्षण सङ्घका प्रतिनिधि सहभागी रहेको टोलीले चरा गणना सुरु गरेका हुन्।

गोसाइँका अनुसार चाँगुनारायणको यस क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन्। थप प्रजातिका चराको पनि गणनाको क्रममा अध्ययन हुनेछ।

चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए।

प्रकाशित: Jan 21, 2022| 07:20 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।