तेह्रथुम- जिल्ला प्रशासन कार्यालय तेह्रथुमका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा स्थगन गरिएको छ।
कर्मचारीहरू धमाधम कोरोना संक्रमित हुन थालेपछि प्रशासनले एक साताका लागि सेवा बन्द गरिएको जनाएको हो। कर्मचारीहरू संक्रमित हुँदा सेवाग्राहिमा समेत संक्रमण सर्ने जोखिम भएकाले सेवा एक साताका लागि बन्द गरिएको तेह्रथुम प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बिहीबार सूचना प्रकाशित गर्दै सेवा स्थगन गरिएको जानकारी दिएका हुन्।