आइतबार, साउन ३१, २०८३

नक्कली नोटसहित दुई पक्राउ

प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

काठमाडौं- प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ३  बस्ने खैरहनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ  रहेका छन् ।  

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा  नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्। घतानीबाट १० थान एक हजारका नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको  म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक/एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निजहरूका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ। पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ।

प्रकाशित: Jan 21, 2022| 06:34 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।