आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुन्धाराको मदनी मस्जिदको जग्गा व्यक्तिका नाममा, फिर्ता ल्याउन मुस्लिम समुदायको माग

सुन्धाराको मदनी मस्जिदको जग्गा व्यक्तिका नाममा, फिर्ता ल्याउन मुस्लिम समुदायको माग

काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- काठमाडौंको सुन्धारास्थित मुस्लिम समुदायको मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन्।

बिहिबार मुस्लिम आयोग, विभिन्‍न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन्।

सो सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भएपनि पछिल्लो समय भूमाफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन्। 

मन्त्री श्रेष्ठलाई सो जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उनले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिनुभएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। 

उनले भने, ‘यो विषयमा अत्यन्तै गम्भिर भएर यो सरकारको जग्गा सरकारकै नाममा फिर्ता आउँछ र विगत लामो समयदेखि मुस्लिम समुदायले भोगचलन गर्दै आएको मुस्लिम समुदायको धार्मिक आस्थाको कुरा त्यहाँ रहेको, त्यहीँ नै कायम रहन्छ भन्ने कुरा मन्त्रीज्यूले आश्वासन दिनुभएको छ। छिट्टै समाधान गर्छौ भन्ने आश्वासन हामीले पाएका छौँ।’

मुस्लिम समुदायका अगुवाहरुले सो जग्गा छिट्टै सरकारको नाममा आउनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: Jan 20, 2022| 20:40 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।