सोमबार, भदौ १, २०८३

लोकसेवा आयोगका परीक्षा माघ मसान्तसम्मलाई स्थगित

लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ। आयोगको बिहीबार बसेको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं– लोकसेवा आयोगले लिखित परीक्षा स्थगित गरेको छ। आयोगको बिहीबार बसेको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो। संगठित संस्थाका परीक्षाहरु पनि यहीबीचमा तय भएका थिए। ती सबै परीक्षा हाललाई स्थगित भएको आयोगले सूचना जारी गरेर जनाएको छ।

कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै ओमिक्रोन भेरिएन्ट तीव्र रुपले फैलिरहेकोले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको आयोगको भनाइ छ।


प्रकाशित: Jan 20, 2022| 17:01 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।