आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनिवार्य मास्कका लागि ट्राफिक प्रहरीले सुरु गर्‍यो स्टिकर अभियान

अनिवार्य मास्कका लागि ट्राफिक प्रहरीले सुरु गर्‍यो स्टिकर अभियान

सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले सवारी साधनहरुमा सूचनामूलक स्टिकर टाँस्न थालेको हो।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै स्टिकर अभियान सुरु गरेको छ। सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुवर्गहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले सवारी साधनहरुमा सूचनामूलक स्टिकर टाँस्न थालेको हो। 

काठमाडौं मल अगाडि गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थितिमा ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँस गरिएको हो।

कार्यक्रममा बोल्दै एसएसपी जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र साबधानीका उपायहरुलाई पूर्ण पालना गर्न अनुरोध गरे।

यातायात क्षेत्र उच्च जोखिममा रहने हुनाले बेलैमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर मात्र चलायमान गराउनुपर्ने महाशाखाको बुझाइ छ। 

उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने पन्ध्र हजार थान स्टिकर टाँस गरिएको छ। अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने महाशाखाको बुझाइ छ। 

ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न अनुगमन गर्ने, सचेतना जगाउने र मास्क बितरण समेत गर्दै आएको छ।

प्रकाशित: Jan 20, 2022| 13:37 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।