काठमाडौं- गायक जीतेश थापा र मेलिना मैनालीको आवाजमा रहेको 'ओइ साइली' बोलको गीत बजारमा आएको छ। गीतकार रोहित विष्टको लय तथा शब्दमा रहेको गीत म्युजिक दरबार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गीतमा आर्थिक रूपले धनी गरिब जे भए पनि प्रेम सबैभन्दा ठूलो हो भन्ने कुरालाई देखाइएको छ। चोखो माया गर्नेहरूले कहिले पनि धनी, गरिब, जात, धर्म केही नहेर्ने कुरा गीतमा दर्साउन खोजिएको छ।
गीतको एरेन्ज तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन् भने गीतको निर्देशन रायन आचार्यले गरेका छन्। यस्तै गीतमा रायन आचार्य, ज्योति पाण्डे, रोहित विष्ट, साइसा केसी, आरध्या आर.एल.डिसी, एल्भिन आचार्य र रुपेन्द्र बरधोज थापालाई देख्न सकिन्छ। गीतको छायांकनमा आयुश जोशी र भिडियो सम्पादन तथा भिडियोमा कलर मनोज कार्कीले भरेका छन्।