आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धन समन्वय समितिको बैठक बस्ने भएको छ। सरकार सञ्चालनलगायतलाई प्रभावकारी बनाउन गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो।

दुई दिनअघि बसेको बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न गठबन्धनका दलहरू सहमत भएका  थिए। बैठकमा निर्वाचनबारे थप छलफल गरेर मिति घोषणाका लागि सरकारलाई सिफारिस हुन बताइएको छ।

यसका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्रै गर्नुपर्ने भन्दै मिति सिफारिस गरिसकेको छ।

निर्वाचन आयोगले वैशाखभित्रै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै मिति सिफारिस गरिसकेको अवस्थामा मिति दिन सरकारलाई दवाव परेको छ।

प्रकाशित: Jan 20, 2022| 07:54 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।