आइतबार, साउन ३१, २०८३

विश्वमा थपिए ३२ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८

काठमाडौं- विश्वभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमित थपिएका छन्। फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक लाख ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १६ लाख ६५ हजारले कोरोना जितेका छन्। र, सोही समयमा ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ। यस्तै अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jan 20, 2022| 07:21 बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।