आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं जिल्ला अदालतले पनि गर्‍यो सेवामा कटौती, यी मुद्दाको मात्रै सुनुवाई

काठमाडौं जिल्ला अदालतले पनि गर्‍यो सेवामा कटौती, यी मुद्दाको मात्रै सुनुवाई

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला अदालनले पनि सेवामा कटौती गरेको छ। मंगलबार सर्वोच्च अदालतले पनि कोरोना संक्रमण बढेको भन्दै सेवामा कटौती गरेको थियो।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला अदालनले पनि सेवामा कटौती गरेको छ। मंगलबार सर्वोच्च अदालतले पनि कोरोना संक्रमण बढेको भन्दै सेवामा कटौती गरेको थियो। 

काठमाडौं जिल्ला अदालतको बुधबार बसेको बैठकले सेवामा कटौती गर्ने निर्णय गरेको हो। काठमाडौं जिल्ला अदालतमा हालसम्म करिब ३० जना जनशक्तिमा संक्रमण देखिएको जनाइएको छ। यसैगरी धेरै न्यायाधीशज्यूहरु र कर्मचारीहरुमा कोभिडको मिल्दोजुल्दो लक्षणहरु देखिएको सन्दर्भमा सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति र कानून व्यवसायी एवं अदालतमा आउने अन्य सरोकारवालाहरुमा कोभिड संक्रमणको जोखिम न्यूनिकरण गर्न अत्यावश्यक देखिएको सेवाबाहेक कटौती गरिएको अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

यी मुद्दाको सुनुवाई हुने : 

१.अभियुक्तलाई अनुसन्धानको लागि हिरासतमा राख्‍न अनुमित दिने (म्याद थप), पक्राउ पुर्जि अनुमति, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जिको समर्थन सम्बन्धी कार्यहरु

२. थुनुवा प्रतिवादी भएका मुद्दाको पेशी र सुनुवाई

३. अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेश भएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने, 

४. प्रहरीद्वारा पक्राउ परि आएका फरार प्रतिवादीको बयान तथा थुनछेक सम्बन्धी कार्य

५. बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन

६. मुद्दा फिर्ता, मिलापत्र, डिसमिससम्बन्धी काम कारवाही

७. मुलुकी फौजदारी कार्यविधित संहिता, २०७४ को दफा १५५ अनुसारको निवेदन

८. थुनुवा निवेदक भएका मुलुकी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरु

९.बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिने विषयसँग सम्बन्धित निवेदन

१०.सम्पत्ति रोक्कासम्बन्धी निवेदन

११. घरेलु हिंसासम्बन्धी मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश माग भएका निवेदनको सुनुवाई

१२. फैसला कार्यान्वयनसँग सम्बन्धित थुनुवा/कैदीका निवेदन दर्ता र सुनुवाई

१३. दैनिक ५ वटा अधिकृत वारेसनामा र ३ वटा दर्ताद्वारा विवाह सम्बन्धी निवेदन (अधिकृत वारेसनामा र विवाह दर्ताको लागि अत्यावश्यक भएमा मात्र सम्बन्धित फाँटमा फोन सम्पर्क (९८४६१०२५०६) गरी उपस्थित हुने)।


प्रकाशित: Jan 19, 2022| 17:19 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।