मंगलबार, कात्तिक ३, २०८३

अब अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने

अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाललगायत विभिन्‍न मुलुकबाट अध्ययन भिसामा अस्ट्रेलिया गएकाहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने बताएका हुन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

काठमाडौं- अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्। अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाललगायत विभिन्‍न मुलुकबाट अध्ययन भिसामा अस्ट्रेलिया गएकाहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने बताएका हुन्। 

यसअघि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न रोक लगाइएको थियो। यसअघि अध्ययन भिसामा अस्ट्रेलिया पुगेका कुनै पनि अन्य मुलुकको विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गरेको पाइएमा भिसा नै रद्द गर्ने प्रावधान रहेको थियो।

मंगलरबार काठमाडौंस्थित अस्ट्रेलियन राजदूत फेलोसिटी भोल्कले एक ट्विट गर्दै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुलाई खुसी खबर रहेको बताएकी छन्। 

त्यसैगरी जनवरी १९, २०२० देखि नै लागु हुने गरी अबको आठ हप्तासम्म अस्ट्रेलिया जाने नेपालीलाई भिसा आवेदन दिँदा लाग्‍ने शुल्क फिर्ता पाउने समेत राजदूत भोल्कले जनाएकी छन्।

  

गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले राजदूत भोल्कसँगको भेटका क्रममा नेपालबाट अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुलाई २० घण्टाभन्दा बढी काम गर्न पाउने वातावरण मिलाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए। 

प्रकाशित: Jan 19, 2022| 15:52 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...