बिहीबार, चैत १२, २०८२

अर्जेन्टिना फुटबल संघसँग साम्पोली सम्झौता नविकरण नगर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अर्जेन्टिना फुटबल संघ (एएफए) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती भएको छ। 

रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता नवीकरण नगर्न सहमत भएका हुन्। विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले एएफएको सहमतिमा पद छाडेको बीबीसीले जनाएको छ। एएफएले भनेको छ, ‘आज एसोसिएसन र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक साम्पोली सम्झौता अन्त्य गर्न सहमत भएका छौं।’ 

रुसमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो । प्रि–क्वार्टरफाइनलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भएको थियो । ५८ बर्षिय साम्पोली सन् २०१७ मे मा प्रशिक्षक नियुक्त भएका थिए। 

साम्पोलीसंगै फिजियो जोर्गे डेसियो र भिडियो एनालिस्ट माटीअस मन्नाले पनि पद छाडेका छन् । दक्षिण अमेरिकी राष्ट्र चिली र स्पेनिस क्लब सेभियाका पूर्व प्रशिक्षक साम्पोलीले समूह चरणमा क्रोएसियासँग बेहोरेको ३-० को हारको जिम्मेवारी लिदै समर्थकहरुसँग बिन्तीसहित क्षमा मागेका थिए। एएफएले साम्पोलीको स्थानमा अर्जेन्टिनाकै पूर्व खेलाडी जर्ज बुरुचागालाई प्रशिक्षक बनाउने प्रयास थालेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।