शनिबार, कात्तिक १, २०८२

मधेश प्रदेशका मुख्मन्त्री राउतको घरमा ढुंगा प्रहार

मधेश प्रदेश’का मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम राखिएको भन्दै नेपाली कांग्रेसका नेता भोला कलवारको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमा सहभागी एक युवकले ढुंगा प्रहार गरेका हुन्।
 |  मंगलबार, माघ ४, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, माघ ४, २०७८

पर्सा- ‘मधेश प्रदेश’का मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम राखिएको भन्दै नेपाली कांग्रेसका नेता भोला कलवारको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमा सहभागी एक युवकले ढुंगा प्रहार गरेका हुन्। 

Kumaribank

प्रदेशको राजधानी वीरगंज नभएको आक्रोशमा वीरगंज महानगरपालिका वडा नं. १ का छपकैयाका २७ वर्षीय सुमन पटेलले करिब ३ बजे मुख्मन्त्री राउतको घरमा ढुंगा प्रहार गरेका हुन्। ढुंगा प्रहारले मुख्यमन्त्री राउतको घरको पश्चिमतर्फको सिसा फुटेको छ। 

ढुंगा प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

वीरगंजबासी भएर पनि मुख्यमन्त्री राउतले प्रदेशको राजधानी वीरगंज नबनाइ जनकपुरधाम बनाएको भन्दै विरोध प्रदर्शन भइरहेको छ। 

प्रदेशसभाको सोमबारको बैठकबाट नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम बनाउने प्रस्ताव पारित गरिएको थियो। जसमा दुई तिहाइ बहुमत सांसदले राजधानी जनकपुरधाम राख्‍ने प्रस्तावको पक्षमा मतदान गरेका थिए। 

Metro Mart

प्रकाशित: Jan 18, 2022| 17:59 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।