मंगलबार, असार ३०, २०८३

कराँते टोली थाइल्यान्ड प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल ओकिनावा सुरी केन सोरिन रियो कराते डो संघको टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ। जुलाइ १८ देखि २२ तारिखसम्म चल्ने थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय थाइल्यान्डको बैंकक प्रस्थान गरेको हो।

प्रतियोगितामा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, आयुशा तामाङ, कृष्ण नगरकोटी, आशिष थापा, विनय लिम्बू, आर्यन रन्जित, पेमा डोल्मा तामाङ, हीरादेवी राई, रोहित राई, अशेष मगर र विवेक राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। 

त्यस्तै टोली नेतामा नारायणदेव राणा, प्रशिक्षकमा कराते प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, राजेन्द्र कपाली, महेश रन्जित र देवी पुन, व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ, निर्णायकमा एकेएफ जज सञ्जय रन्जित, सेशुका राई र कुन्ति गुरुङ, राष्ट्रिय रेफ्रीमा राकेश श्रेष्ठ, साइला गमाल र लक्ष्मण खड्का रहेका छन्। 

अफिसियलमा किसनराज सिंह, राधा मताङ्गी, एनिला प्रधान, हस्ना खड्गी, हरिबहादुर राउत, अच्यूतराज लामिछाने, प्रेमबहादुर कोइराला, जीवन गुरुङ, दीपक चापागाईं, विकासविक्रम शाह, अनन्त गौतम, शैलेन्द्रकुमार भुसाल, विनोद ठकुरी, कुमार कट्वाल र रोहन बानियाँ छन्। 

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्यले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।