बिहीबार, चैत १२, २०८२

युएईका कप्तान मुस्ताफा काठमाडौं किङ्स-११ मा अनुबन्धित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- युनाइटेड अरब इमिरेट्स (युएईं) क्रिकेट टोलीका कप्तान रोहन मुस्ताफा एभरेस्ट प्रिमियर लिग क्लब काठमाडौं किङ्स-११ मा अनुबन्धित भएका छन्।

काठमाडौं किङ्सको यो दोस्रो विदेशी खेलाडी दर्ता हो। यसअघि काठमाडौंले आयरल्यान्डका केभिन ओ ब्रिनलाई पहिलो खेलाडीको रुपमा दर्ता गरेको थियो।

रोहनले युएईंबाट टी-ट्वान्टी र एकदिवसीयमा ५० भन्दा बढी खेल खेलिसकेका छन्। रोहनले गत चैतमा सकिएको धनगढी प्रिमियर लिग (डिपिएल) मा सोमपाल कामी कप्तान रहेको टिम चौराहा धनगढीबाट खेलेका थिए। धनगढीलाई लगातार दोस्रोपटक च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका उनी प्रतियोगिताको म्यान अफ दि सिरिज बनेका थिए।

बायाँ हाते अलराउन्डर ब्याट्सम्यान मुस्ताफाले फेरि एकपटक नेपाल आएर क्रिकेट खेल्न पाउनु आफ्नो लागि खुशीको क्षण हुने बताएका छन्। बायाँ हाते ब्याट्सम्यान, दायाँ हाते स्लो बलर र एक पुर्ण अलराउन्डर टिममा रहनु अनि नेपालमै आएर खेल्नु काठमाडौं किङ्सका सिओओ राजजंग थापाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।