काठमाडौं- फ्रान्सको जितसँगै विश्वकपका ६४ खेलमा १६९ गोल सँगै विश्वकप २०१८ को समाप्ति भयो । तर, यस विश्वकपमा केहि रोचक तथ्य बने।
विश्वकपका यी पाँच रोचक तथ्य:
नवप्रवेशी टिम आइसल्यान्डको धमाकेदार इन्ट्री
पहिलो पटक विश्वकपमा सहभागीता जनाएको आइसल्यान्डले आफ्नो पहिलो खेलमानै दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई निकै नै टक्कर दियो। सर्जियो एग्युएरो, लियोनल मेस्सी जस्ता खेलाडी सम्मिलित टिमसँग पहिलो खेल खेल्नुनै दबाब हो। तर, आइसल्यान्डले यस दबाबलाई तोड्दै खेल १-१ ले खेल्दै सुखद शुरुवात गरे। लगभग ३ लाख जनसंख्या भएको आइसल्यान्ड विश्वकपमा सहभागीता जनाउने देश मध्ये सबैभन्दा सानो देश हो। आइसल्यान्ड टिमका प्रशिक्षक एक डेन्टिस्ट हुन। उनले भनेका छनकी,‘म क्लीनिकमा नै काम गर्ने छु। किनकी आइसल्यान्डमा फुटबल प्रशिक्षको नौकरिको कुनै भरोसा छैन।’
इंग्लयान्ड टीम मेनेजरका वेस्टकोट लुक्स
इंग्ल्यान्ड टिमका लागि पनि विश्वकप निकै रोचक रह्यो। चाहे उ २८ बर्ष पछि पहिलो चोटी सेमिफाइनल पुग्नु वा पहिलो चोटी पेनाल्टि गोल जित्नु हो । तर एकअर्को चिजले दर्शकको ध्यान खिचेको थियो । त्यो थियो टिम म्यानेजर ग्यारेथ साउथगेटका वेस्टकोट लुक्स। उनको वेस्टकोट लुक्स सोसल मिडियामा भाइरल बन्यो । धेरै जसो समर्थनहरु वेस्टकोट लगाएर फोटो खिच्दै साउथगेटसँग जोड्दै सामाजिक सञ्जालका सेयर गर्न थाले।
इंग्लयान्ड र कोलम्बियाबीचको खेलमा कोलम्बियाका खेलाडी मतेउस उरीबेले पेनाल्टि गर्न बाट चुके तब उनी रुदा इंग्लयान्डका प्रशिक्षक साउथगेटले अंगालो मार्दै सम्झाएका थिए। तर, इंग्लयान्डका गोलकिपर जार्डन पिकफोर्डले पेनाल्टि बचाउदै पहिलो पेनाल्टि सुटआउटमा जिताएका थिए।
जर्मनीका नयाँ रेकर्डः समूह चरणबाट बाहिर
गोलकिपरको कुरा गर्ने हो भने मेक्सिकोका गोलकिपर गियर्मो ओचोआलाई श्रेय जान्छ । किनकी उनले जर्मनीसँगको खेलमा जर्मनीको २६ प्रयासलाई बिफल पारेका थिए। यसै कारण विश्वकप विजेता टीम जर्मनी समूह चरणबाटै बाहिरिएको थियो । मेक्सिको टीमका समर्थकलाई यो खुसीको कुरा थियो । किन भने मेक्सिकोले जर्मनीलाई ३३ बर्ष पछि पराजित गरेको थियो।
म यती मुर्ख किन छु : बेल्जियम खेलाडी मिची
इंग्लयान्डसँगको खेल जिते पछि बेल्जियम खेलाडी मिची बेशयुआइले खुसी मनाउनु दर्शकका लागि हाँसोको बिषय बन्यो । विजयको खुसीमा जब उनले गोलपेस्टको जालीमा लातहाने तब उनी गोल पोस्टको खम्बामा ठोकिए । यस पछि उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उनले पनि आफ्नो टुइटरमा लेख्दै भने, ‘म यती मुर्ख किन छु ।’
रोनाल्डोको नाममा ह्याट्रिक
पेर्चुगल टिमका कप्तान क्रिष्टियानो रोनाल्डोले विश्वकपको पहिलो ह्याट्रिक गोल आफ्नो नाममा गरे। स्पेनसँगको खेलमा उनले तीन गोल गर्दै पहिलो ह्याट्रिक आफ्नो नाममा गरेका थिए। उनले इरान र मोरक्को टीमविरुद्ध पनि १-१ गोल गरेका थिए। तर, उरुग्वेसँग पराजित हुदै प्रतियोगिताबाटै बाहिरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४