काठमाडौं- सांस्कृतिक संस्थानद्धारा आयोजित २३ औं समूहको कलाकार प्रशिक्षणको दीक्षान्त समारोह तथा २४ औं समूहको स्वागत कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद देवकोटा थिए।
प्रमुख अतिथिले लोपन्मुख कला संस्कृतिको उजागर गर्न सबैले लाग्नु पर्ने बताउदै सांस्कृतिक संस्थानले गरेको योगदानको प्रशंसा गरेका थिए। रंगकर्मी प्रभाकरदेव शर्मा, विरेन्द्र हमाल लगायत कलाकारहरूको पनि उपस्थिति रहेको थियो।
आफ्नो स्थापनाको कालदेखि संगीत प्रशिक्षण तथा अनुसन्धानको क्षेत्रमा, लोप हुन लागिरहेका गीत तथा नाटकहरूको खोज गरिएको कुरालाई स्पष्ट पारेका थिए सांस्कृतिक संस्थानका महाप्रबन्धकले।
उक्त कार्यक्रममा हालसम्म सांस्कृतिक संस्थानले गर्दै आएको कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो।
राष्ट्रिय गीतको धुनसँगै कार्यक्रमले घुम्टो खोलेको थियो। ६ महिनेको अवधीमा सिकेका विद्यार्थीले कार्यक्रममा कत्थक नृत्य, नाटक, गायन, बाद्यबाद्यन र लोक नृत्य पनि प्रस्तूत गरिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४