बुधबार, जेठ २०, २०८३

मिथिलामा ‘लाई’ को मौसम

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ। माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ।
 |  आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ। माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ। 

National life

मिथिला क्षेत्रका घरघरै अहिले तिल, चिउरा, जुनेलो र मुरिका ‘लाई’ (लड्डू) बटार्ने (बनाउने) चटारो छ। शनिबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको सनेस (कोसेली) नातेदारका घरमा पुर्‍याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानी (मिथिलाका नारी) को व्यस्तता बढेको हो।

विवाहित छोरी, दिदीबहिनी, पूmपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले मिथिलानी ‘लाई’ बनाउन व्यस्त देखिएका हुन्। माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लागेपछि सनेस पठाउन सजिलो भएको मिथिलानी बताउँछन्। 'बिहानदेखि नै पारिलो घाम लाग्न थालेको छ,' मौसममा आएको सुधारले दंग परेकी भङ्गाहा–४ थारुटोल बनराकी गृहीणी सुथरी चौधरी थारुले भनिन्, 'अब सनेस बनाउन, पठाउन सजिलो भयो।'

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम तात्दै जाने यहाँ आम अड्कल गरिन्छ। पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि मिथिलानीको अब विवाहित चेलीबेटी र मित-मितिनीकहाँ सनेस पठाउन ‘लाई’ बटार्ने व्यस्तता बढेको छ। तिलासक्रायत घरमा मनाइएपछि तील, चिउरा, जुनेलो र मुरिका ‘लाई’सहितका मिष्टान्न परिकार नातेदारका घरमा पु¥याउने परम्परा रहेकाले त्यसको तयारीमा मिथिलानीहरुको व्यस्तता बढेको हो। विवाहित छोरी, दिदीबहिनी, फूपू , दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको सनेस पठाउने स्थापित मैथिल परम्पराले यस क्षेत्रमा अहिले  ‘लाई’ को मौसम छाएको छ।    

'आजै सानो छोरालाई पवनी (पर्व) को सनेस लिएर छोरीकहाँ पठाइयो,' भङ्गाहा–४ थारुटोल बनराकै अर्की गृहिणी रामसुनरदेवी थारुले भनिन्, 'अब ननद (नन्द) र दोस्त (मित) को घरमा जान थप सनेस बनाउनुछ।'

Shivam cement

घरमा पर्व मनाइएपछि नाता कुटुम्ब र आफन्तकहाँ सनेस लगिने चलनले यहाँ घर-घरमा अहिले  तिल, जुनेलो, मुरी र चिउराका ‘लाई’ बनाउने चटारो नै छ। मिथिलामा फागुन १५ सम्म घरको खाजामा पनि मुरी, चिउरा र ‘लाई’ खाइने गरिन्छ। पर्वमा घरका परिवारजन, छिमेकी र आफन्तलाई समेत ख्वाइने र यी परिकार हिँउदभरि नै खाजा खाइने परम्पराले पनि अहिले अझै केही दिन घर–घरमा ‘लाई’ बनाउने चटारो रहने बर्दिवास–९ पशुपतिनगरकी शैलदेवी महतोले बताए।  

विशेषगरी जाडोयाममा सख्खर, घीउ र खुवाका परिकार खाँदा स्वास्थ्य ठिक रहने भएकाले माघे सङ्क्रान्तिदेखि फागुन १५ सम्मको जाडोबीच यी सामग्री मिसाएर बनाइने तील, जुनेलो, चिउरा र मुरीका ‘लाई’ खाने, ख्वाउने प्रचलन मैथिल संस्कृतिको अङ्ग नै बनेको भनाइ बर्दिबास अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवको छ। अहिले यस क्षेत्रमा आफ्नो सावगासअनुसार सबैजसो गृहिणी घरमा ‘लाई’ बनाउन लागि परेका छन्।

सनेस पठाउने स्थापित परम्परा र आफ्नै घरको खानपिनमा यी परिकार रोजाइँका बनेपछि मिथिलामा हिँउदभरि ‘लाई’को मौसम हुने गरेको यहाँका बुढापाका बताउँछन्। मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठ पर्व र माघ एक गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि पुर्‍याउने परम्परा छ।

प्रकाशित: Jan 16, 2022| 21:20 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।