आइतबार, वैशाख ३०, २०८१

पोखरामा ४५ वर्षपछि भेटियो स्वर्णचुल राजचिचिल्कोटे

पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ।
 |  शनिबार, माघ १, २०७८

विभु भुसाल

विभु भुसाल

शनिबार, माघ १, २०७८

पोखरा- पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ। विरल तथा स्थानीय आवासीय स्वर्णचुल चिचिल्कोटे ४५ वर्षपछि दोस्रो पटक पोखरा उपत्यकामा हालै अभिलेख गरिएको हो। 

triton college

पोखरा पंक्षी समाजका अध्यक्ष मसान्त घिमिरेका अनुसार यो चरा राष्ट्रिय स्तरमा संकटापन्न प्रजातिअन्तर्गत पर्छ। यसलाई सन् १९७७ मा वरिष्ठ चराविद् हरिशरण नेपाली काजीले रुपाताल आसपासको क्षेत्रमा पहिलो पटक भेटेका थिए। पन्छी अवलोकनका क्रममा पर्यटन व्यवसायी दामोदरभक्त थापाले पनि रुपातालकै क्षेत्र आफ्नै होटेल रुपा भ्यु परिसरमा फोटोसहित उपत्यकाका लागि दोस्रो पटक अभिलेख गराएका छन्।

सन् १८३८ मा नेपालका लागि ब्रायन हड्सनले पहिलो पटक अभिलेखका साथै नमुना संकलन गरेको यस प्रजाति हालका दिनमा चितवन राष्ट्रिय निकुञ्जको चुरे क्षेत्र आसपासमा धेरै देखिएको छ। गण्डकी प्रदेशभन्दा पश्चिम तिर हालसम्म अभिलेख नभएको यो प्रजाति पूर्वमा भने झापा सम्म देखिएको तर अत्यन्तै विरल रूपमा भेटिएको नेपालको संकटापन्न पंक्षी सम्बन्धी रातो किताबमा उल्लेख गरिएको घिमिरेले जानकारी दिए। 

हालका दिनमा चराको संख्या बढ्दै गरेकोमा पोखराका पुराना चराविद् तथा पोखरा पंछी समाजका सल्लाहकार हरि केसीको भनाई छ। हिजोका दिनहरूमा प्रजातिको नमुना संकलन गरेर अभिलेख राखिने चलन पछि गएर पंक्षीविद्ह‍रू तथा विशेष गरी पर्यटन क्षेत्रमा आबद्ध पंक्षीप्रेमी, नेचरगाइड र पथ प्रर्दशकहरूले कामको सिलसिलामा विभिन्न स्थानमा घुम्दा देखेको आधारमा अभिलेख राखिने गरिन्थ्यो।  

तर, अहिले अध्ययन, अनुसन्धान र चरा अध्ययन र गणनामा लगाव राख्नेहरू बढ्दै गएको तथा प्रविधिको विकासले फड्को मारेर सुविधायुक्त क्यामेराहरू बनेपछि प्रजातिलाई हेरेर मात्र भन्दा पनि फोटो खिचेर पूर्ण रूपमा हेरेर सामाजिक सञ्जालमा राखिने भएकोले चराकाप्रजातिको अभिलेख परिपक्व हुँदै गएको तथा चराको संख्यामा पनि वृद्धि देखिएको केसीको भनाई छ। 

corrent noodles
Metro Mart

पोखरा उपत्यकाका कतिपय स्थानमा अध्ययन तथा अनुगमन बाँकी रहेको, प्रविधिको आधुनिकीकरण र जनशक्तिको व्यापक परिचालनले गर्दा नयाँ प्रजाति तपिँदै गएको चरा अध्येता शेषकान्त शर्माले बताए। 

पोखरा पंक्षी समाजले माघ २७  देखि ३० गतेसम्म पोखरा उपत्यकाका सिमसार क्षेत्रमा रहेका जलपंक्षीहरूको अध्ययन तथा गणना समेत गरेको थियो। उक्त गणनाको प्रतिवेदन केही समयमा आउने घिमिरेले जानकारी दिए।

प्रकाशित: Jan 15, 2022| 10:20 शनिबार, माघ १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।